दफा १६
कर्मचारी सम्बन्धी व्यवस्था
: (१) बोर्डको काम सुचारु रूपले सञ्चालन गर्नको लागि कार्यकारी प्रमुखले आवश्यक सल्लाहकार, अधिकृत र सहायक कर्मचारीहरू तोकिए बमोजिम नियुक्त गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम नियुक्त सल्लाहकार, अधिकृत र सहायक कर्मचारीहरूको पारिश्रमिक, सुविधा तथा सेवाका अन्य शर्तहरू तोकिए बमोजिम हुनेछ ।
(३) उपदफा (१) बमोजिम नियुक्त बोर्डका कर्मचारीहरूले समिति र कार्यकारी प्रमुखप्रति उत्तरदायी भई काम गर्नु पर्नेछ ।